Banner News

गृहमन्त्री खाँण र अमेरिकी राजदूत र्याएण्डी बेरीबीच भेटवार्ता



काठमाडौँ, १८ फागुन । नेपालका लागि अमेरिकी राजदूत र्या्ण्डी बेरी र गृहमन्त्री बालकृष्ण खाँणबीच भेटवार्ता भएको छ ।

गृह मन्त्रालयमा भएको भेटमा दुई देशबीचको आपसी सम्बन्धबारे छलफल भएको बताइएको छ । भेटमा गृहमन्त्री खाँणले अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) पास गर्न राजदूत बेरी र अमेरिकी सरकारको साथ र सहयोगका लागि धन्यवाद दिनुभयो । गृहमन्त्री खाँणले प्रधानमन्त्री शेरबहादुर देउवा एमसिसी पास गराउन सत्तामा हुँदा मात्र नभई प्रतिपक्षीमा हुँदा पनि दृढ र स्पष्ट विचार राख्दै आएको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘सम्माननीय प्रधानमन्त्री शेरबहादुर देउवा एमसिसी पास गराउन दृढ हुनुहुन्थ्यो । उहाँ प्रतिपक्षमा रहँदा पनि एमसिसी पास गर्न स्पष्ट विचार राख्दै आउनुभएको थियो । एकातिर एमसिसी पास गर्नु थियो । अर्कोतिर सबै राजनीतिक दललाई साथमा लिएर अगाडि बढ्नु थियो । एमसिसीको विषयले वर्तमान सरकारलाई असर नगरोस् भन्नेमा प्रधानमन्त्री चिन्तित हुनुहुन्थ्यो । जुन सफल भयो । सबै नेपाली जनता र नेपाल सरकार खुसी छौं ।’

भेटमा अमेरिकी राजदूत बेरीले प्रधानमन्त्री, नेपाल सरकार र राजनीतिक दलको स्पष्ट भूमिकाले एमसिसी पास हुन सकेको बताउनुभयो । एमसिसीबारे सरकार र प्रतिनिधि सभाको व्याख्यात्मक घोषणामा आफूहरूले पहिल्यैदेखि भन्दै आएका विषय समेटिएको राजदूत बेरीले बताउनुभयो ।