समाचार

काठमाडौँ उपत्यकामा थप २५ जनामा कोरोना पुष्टि



काठमाडौँ, १९ फागुन । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप २५ जना कोरोना भाइरस पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयकाका अनुसार काठमाडौँमा १८ जना, ललितपुरमा ५ र भक्तपुरमा २ जना संक्रमित थपिएका छन ।

योसँगै काठमाडौँ उपत्यकामा सक्रिय संक्रमितको संख्या २ हजार २ सय ९० जना पुगेको छ । नेपालमा पछिल्लो २४ घण्टामा देशभर १ सय ५ जना कोरोना संक्रमित थपिएका छन् ।