काठमाडौँ, २० फागुन । देशका विभिन्न भागमा आज वर्षा र हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
विभागका अनुसार पहाडी भू–भागका थोरै स्थानमा मेघगर्जन र चट्टयाङ्सहित हल्का वर्षाको सम्भावना रहेको छ । देशको उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।
सुदूरपश्चिम, कर्णाली, गण्डकी तथा प्रदेश १ का पहाडी तथा हिमाली भू–भागमा आंशिकदेखि सामान्य बदली तथा अन्य भू–भागमा मौसम सामान्यता सफा रहनेछ ।
त्यस्तै आज राति देशको उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । सुदूरपश्चिम, कर्णाली, गण्डकी तथा प्रदेश–१ का पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली तथा अन्य भू–भागमा मौसम सामान्यता सफा रहनेछ ।










प्रतिक्रिया दिनुहोस्