काठमाडौँ, २२ फागुन । हिजो शनिबारदेखि लागु हुनेगरि साउदीले प्रवेश गर्नेहरुले पीसीआर रिपोर्ट देखाउनुपर्ने र संस्थागत तथा होटल क्वरेण्टिनमा बस्नुपर्ने नियम खारेज गरेको छ ।
अब साउदी प्रवेश गर्ने यात्रुले विमानस्थलमा नेगेटिभ पीसीआर रिपोर्ट देखाउन नपर्ने त्यहाँको गृह मन्त्रालयको भनाइलाई उद्धृत गर्दै गल्फ न्युजले जनाएको छ । यस्तै अब कुनै पनि प्रकारको क्वरेटिनमा बस्नुपर्ने छैन । यात्रु विमानस्थलमा उत्रेर सिधै आफ्नो गन्तव्यमा जान सक्नेछन् ।
साथै मक्का र मदिनामा लागू गरिएको भौतिक दुरीको मापदण्ड पनि हटाइएको छ । तर मास्क लगाउन भने यी ठाउँमा अनिवार्य नै छ ।
प्रतिक्रिया दिनुहोस्