काठमाडौँ, २३ फागुन । हाल देशमा उल्लेखनीय मौसमी प्रणाली नभएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार देशको पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली छ । बाँकी भू–भागहरूमा मौसम सामान्यतया सफा रहेको छ ।
आज दिउँसो देशको पहाडी तथा हिमाली भू–भागमा आंशिकदेखि सामान्य बदली रहनेछ । बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । महाशाखाका अनुसार कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।










प्रतिक्रिया दिनुहोस्