समाचार

पेस्तोल र ब्राउन सुगरसहित तीन जना पक्राउ



बाँके, २३ फागुन । प्रहरीले पेस्तोल र ब्राउन सुगरसहित तीन जनालाई पक्राउ गरेको छ ।

खजुरा गाउँपालिका वडा नम्बर १ स्थित प्रहरी चौकी राधापुरका अनुसार आइतबार ९० ग्राम ब्राउन सुगर र एक थान अत्याधुनिक स्वचालित पेस्तोलसहित तीन जनालाई पक्राउ गरेको हो ।

सेतो प्लास्टिकमा बेरेर राखेको ९० ग्राम ब्राउन सुगर र घरमा लुकाइराखेको अवस्थामा स्वचालित पेस्तोलसहित २५ वर्षीय रवीन्द्र थापा, खजुरा २ का २७ वर्षका मनिष थापा र नेपालजञ्ज १३ का २८ वर्षका सुरेश रोकालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरूलाई कानुनअनुसार कारबाही हुने प्रहरीले जनाएको छ ।