काठमाडौँ, २५ फागुन । आज बजारमा सुनचाँदीको मूल्य बढेको छ ।
नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाला सुन २५ सयले बढेर प्रतितोला १ लाख ५ हजार ५ सयमा कारोबार भईरहेको छ भने तेजावी सुन तोलामा १ लाख ५ हजारमा कारोबार भएको छ ।
त्यस्तै आज चाँदीको मूल्य पनि ४० रुपैयाँले बढेर १४ सय ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्