काठमाडौँ, २६ फागुन । संखुवासभामा बस दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन् ।
प्रहरीका अनुसार १४ जनाको मृत्यु भएको छ । ५ जना घाइते भएका छन् । मृतकको सनाखत भएको छैन । दमकतर्फ जाँदै गरेको बा ४ ख ७३५ नम्बरको बस आज बिहान करिब साढे सात बजे तिर संखुवासभाको मादी नगरपालिका वडा नं. ६ सातघुम्ती भन्ने स्थानमा दुर्घटना भएको थियो ।
बस सडकबाट करिब साढे ३ सय मिटर तल खसेको छ । सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीय उद्धारमा खटिएका थिए ।










प्रतिक्रिया दिनुहोस्