Banner News

चुनावी तालमेलबारे पार्टीमा तीनथरी मत छ : नेता सिंह



काठमाडौँ, २७ फागुन ।  नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले चुनावी तालमेलबारे पार्टीमा तीनथरी मत रहेको बताएका छन् ।

आज बिहान काठमाडौँको आलोक नगरमा आयोजित बुथ समिति गठन कार्यक्रमलाई सम्बोधन गर्दै नेता सिंहले एक महिने चुनावी अभियानपछि मात्रै तालमेल गर्ने कि नगर्ने भन्नेबारेमा पार्टीले निर्णय गर्ने बताएका हुन् ।

आउने चुनावमा के गर्ने भनेर अहिले पार्टीभित्र तीन धारको कुरा बताउदै उनले भने, ‘एकथरी एक्लै जानुपर्छ, अर्कोथरी गठबन्धनलाई निरन्तरता दिनुपर्छ । एउटाले जिल्लालाई जिम्मा दिएर आवश्यकताअनुसार गर्नुपर्छ भन्छ ।’

नेता सिंहले परिस्थितिज्य कारणले यो गठबन्धन बनेको बताए । उनले भने, ‘संविधानलाई ट्रयाकमा राखिराख्ने, यसलाई जीवन्त राख्नका लागि गठबन्धन बनेको हुनाले आवश्यकताअनुसार बनेको गठबन्धन हो,’ ‘यो कांग्रेसले चाहेरमात्र होइन कि परिस्थितिज्य कारणले यो गठबन्धन हो ।’