समाचार

कोरियन भाषा परीक्षा वैशाखदेखि



काठमाडौँ, १ चैत । दक्षिण कोरियाले रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत विगत ५ वर्षयताकै बढी श्रमिक नेपालबाट लैजाने गरी पहिलो छनोट चरणको भाषा परीक्षा गर्ने भएको छ ।

सन् २०१९ पछि २ वर्ष रोकिएको भाषा परीक्षा सन् २०२२ को लागि ९ हजार ६२४ जनालाई छनोट गर्ने योजनासहित आगामी वैशाखबाट सञ्चालन गर्न लागिएको हो । वैदेशिक रोजगार विभाग ईपीएस शाखाका अनुसार भाषा परीक्षा वैशाख २६ बाट असोज २१ गतेसम्म चरणबद्ध रुपमा हुनेछ ।

शाखाका निर्देशक पुष्पराज कटुवालले कोरियाका रोजगारदाताले नेपाली श्रमिक रुचाएपछि नेपालबाट ठूलो संख्यामा युवा लैजाने गरी भाषा परीक्षाको तयारी गरिएको हो । यो समाचार आजको कारोबार दैनिकमा छ ।