काठमाडौँ, १ चैत । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले ०६२/०६३ पछि तय गरिएको राजनीतिक मार्गचित्र पूर्णरूपले असफल भएकाले देशभक्त राष्ट्रवादी शक्तिको तागतबाट ‘कोर्स करेक्सन’ गरिनुपर्ने बताउनुभएको छ ।
काठमाडौँमा आज आयोजित राप्रपा निकट भूतपूर्व सैनिकहरूको संगठन भूतपूर्व सैनिक परिषद् (राप्रपा)को घोषणा सभालाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले देशमा भ्रष्टाचार, बेथितिदेखि जनजीवन असामान्य र विकराल बन्दै गएकाले देशमा यथास्थितिमा परिवर्तनको आवश्यकता औंल्याउनुभयो । अध्यक्ष लिङ्देनले ठूला राजनीतिक दलका गलत क्रियाकलाप र अकर्मण्यताले देशको विकास, समृद्धि र जनचाहना ओझेलमा पर्दै गएकाले अब देशभक्त नागरिक एकजुट भई तागत निर्माण गर्नुपर्ने धारणा राख्नुभयो ।
उहाँले भन्नुभयो, ‘राप्रपा शान्तिपूर्ण देशभक्तिको आन्दोलनमा अनवरत क्रियाशील भइरहेको छ । प्रजातान्त्रिक बाटोबाट देशमा परिवर्तन सम्भव छ । आसन्न स्थानीय तहको निर्वाचनलाई आन्दोलनको रुपमा उपयोग गरौं ।’










प्रतिक्रिया दिनुहोस्