Banner News

आगामी वर्षको बजेटका लागि अर्थले माग्यो सरोकारवालाबाट सुझाव



काठमाडौँ, २ चैत । अर्थ मन्त्रालयले आगामी आर्थिक वर्ष २०७९/८० को बजेट निर्माणको क्रममा सरोकारवालाबाट सुझाव मागेको छ ।

मन्त्रालयले एक सूचना निकाल्दै बजेट तथा कार्यक्रम तर्जुमा सम्बन्धी प्रयोजनका लागि सरोकारवालाबाट सुझाव माग गरेको हो । मन्त्रालयको वेवसाइटमा रहेको ‘बजेट सजेसन ट्याव’मार्फत वा ‘बजेटसजेसनएटएमओएफडटजीओभीडटएनपी’मार्फत समेत पठाउन सकिने भएको छ ।

आर्थिक वर्षको बजेट तथा कार्यक्रममा समावेश गर्न उपयुक्त हुने विषयमा विभिन्न संघ-संस्था, बुद्धिजिवी, विज्ञ, राजनीतिक दल, व्यवसायी, समाजसेवी, पेशाकर्मी, कर्मचारी, संचारजगत र आम नागरिकले चैत मसान्त भित्र यस्तो सुझाव दिन सक्ने भएका छन् ।