राजनीति

कांग्रेस वडा कार्यसम्पादन समिति नौ दिनभित्र गठन गरिसक्नुपर्ने



काठमाडौँ, २ चैत । नेपाली कांग्रेसका तल्ला तहलाई आउँदो चैत ११ गतेभित्र कार्यसम्पादन समिति बनाउन निर्देशन दिइएको छ ।

गएको फागुन २३ गते स्थानीय तहमा टोलदेखि नै कार्यसमिति गठन गर्दै विधान कार्यान्वयन गर्न परिपत्र गरिएको हो । जिल्ला कार्यमितिमार्फत देशभर रहेका ६ हजार ७४३ वडा सभापतिहरूलाई परिपत्र गर्दै कार्यसम्पादन समिति गठन गर्न निर्देशन दिइएको हो ।

परिपत्रको बुँदा नम्बर ५ अनुसार स्थानीय तह संगठनहरूमा वडा तहमा कार्यसम्पादन समिति गठन गर्न निर्देशन दिइएको छ ।