राजनीति

प्रचण्डलाई कांग्रेसले लखेट्ने डर: एमालेसँग गठबन्धन गर्ने चेतावनी



बुटवल, ३ चैत । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सत्ता घटक नेपाली कांग्रेसले माओवादीलाई लखेट्ने प्रयास गरे एमालेसँग गठबन्धन गर्ने चेतावनी दिनुभएको छ ।

बिहीबार बुटवलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रचण्डले नेकपा एमालेसँग गठबन्धन हुनेरनहुने नेपाली कांग्रेसको व्यवहारमा पनि भर पर्ने धारणा राख्नुभयो । तत्काल एमालेसँग सहकार्यको सम्भावना नरहेको उल्लेख गर्नुभयो । कांग्रेसका महामन्त्री गगन थापालगायतका नेताहरुलाई लक्षित गर्दै उहाँले केही नेताहरुले केही नेताहरुले कुनै हालतमा तालमेल गरिँदैन भनेर अतिवाद ढंगले बोल्न थालेको भन्दै गुनासो व्यक्त गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘तत्काल एमालेसँग सहमति हुने सम्भावना देखिएको छैन । तर यो एक हदसम्म कांग्रेसको व्यवहारमा पनि भर पर्छ । कांग्रेसले लखेट्न थाल्यो भने परिस्थिति के हुन्छ भन्न सकिँदैन । तर कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा हर हालतमा गठबन्धनलाई बचाएर जानुपर्छ भन्नेमा भएकाले त्यो (एमालेसँग तालमेल गर्ने) परिस्थिति आउला भन्ने देखेको छैन ।’