राजनीति

सिँचाइमा खपत हुने बिजुली निःशुल्क बनाउने मन्त्री भुसालकाे घाेषणा



काठमाडौँ, ४ चैत । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसालले सिँचाइमा खपत हुने बिजुली निःशुल्क बनाउने घोषणा गरेकी छन ।

आज शुक्रवारदेखि काठमाण्डाैमा सुरु भएको नेपाल हस्तकला महासङ्घको ४१ औँ वार्षिक साधारण सभामा बोल्दै मन्त्री भुसालले कृषि क्षेत्रलाई आत्मनिर्भर बनाइ देशकाे अर्थतन्त्रलाई टेवा पुर्‍याउनका लागि आफूले सिँचाइमा खपत हुने बिजुली निःशुल्क बनाउने लक्ष्य लिएको बताइन।

उनले भनिन, ‘कृषिमा आत्मनिर्भर बन्नका लागि गएकाे मङ्सिर १ गतेदेखि सिँचाइमा खपत हुने बिजुलीकाे मूल्य ५० प्रतिशतले घटाएको छु । मेरो उद्देश्य त्यसलाई निःशुल्क बनाउने रहेकाे छ ।’ मन्त्री भुसालले नेपालमा उत्पादित हुने वस्तुहरू आयात नगर्न पनि व्यवसायीहरूलाई आग्रह गरेकी छन ।