काठमाडौँ, ४ चैत । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ ।
यही चैत ११ गते दिउँसो २ बजे पार्टी कार्यालय ललितपुरमा बैठक बोलाइएको प्रेस विज्ञप्तिमार्फत जानकारी दिइएको हो । उक्त बैठकमा केन्द्रीय कार्य समितिका पदाधिकारी एवं सदस्यहरूको उपस्थिति हुने मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।
बैठकमा स्थानीय तह निर्वाचनको तयारी एवं घर-घर जाऔं, कांग्रेस जिताऔं अभियानको प्रारम्भिक समीक्षा गर्ने, संसदीय समिति गठन गर्ने लगायत विषयमा छलफल हुने जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्