समाचार

टेलिकमले डेटाको शुल्क २० प्रतिशतसम्म घटाउने



काठमाडौँ, ४ चैत । नेपाल टेलिकमले इन्टरनेट डेटा सेवाको शुल्क घटाउने भएको छ ।

टेलिकमले हाल विभिन्न अवसरमा दिइएका अफरहरुलाई नै स्थायी गरेर १५ देखि २० प्रतिशतसम्म डटा शुल्क बढाउने तयारी गरेको हो ।

आज काठमाडौँमा भएको एक कार्यक्रममा टेलिकमकी प्रमुख व्यावसायिक अधिकृत तथा नायव प्रवन्ध निर्देशक संगीता पहाडीले होली, नयाँ वर्ष लगायत विभिन्न चाडपर्व, दिवस र अवसरका बेला दिइएका अफरहरूलाई स्थायी बनाउन दूरसञ्चार प्राधिकरणमा प्रस्ताव गरेको बताइन् । त्यसले मेन ब्यालेन्सबाट चल्ने डेटा शुल्क १५ देखि २० प्रतिशत मूल्य घट्ने उनको दावी छ ।

प्याकेज नलिई इन्टरनेट चलाउँदा प्रतिएमबीपीएस एक रुपैयाँ पर्ने गरेकोमा स्किमहरु किन्दा ४/५ पैसामै दिन सकिने अवस्था रहेको उनले बताइन् ।