Banner News

गत निर्वाचनमा यस्तो थियो अंकगणित



काठमाडौँ, ६ चैत । २०७४ सालमा भएको स्थानीय तहको निर्वाचनमा नेकपा एमाले पहिलो दल बन्न सफल भएको थियो ।

२०७४ सालमा एमाले पहिलो, नेपाली काँग्रेस दोस्रो र नेकपा माओवादी केन्द्र तेस्रो बनेका थिए । एमालेले ७ सय ५३ वटा स्थानीय तहमध्ये २ महानगरपालिका र ७ उपमहानगरपालिकासहित १ सय २३ नगरपालिकाको प्रमुख जितेको थियो ।

त्यस्तै, १ सय ७१ गाउँपालिकाको अध्यक्ष जितेर नेकपा एमाले दुवै निकायमा पहिलो बनेको थियो । यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा छ ।