काठमाडौँ, ७ चैत । नेकपा (एमाले) का उपाध्यक्ष विष्णुप्रसाद पौडेल नेतृत्वको टोली चीन भ्रमणमा प्रस्थान गरेको छ ।
चीनको कुन्मिङमा हुन लागेको इकोनोमिक कोपरेसन एन्ड कल्चरल एक्सचेन्ज कार्यक्रममा सहभागी हुन उपाध्यक्ष पौडेल नेतृत्वको टोली चीन प्रस्थान गरेको हो । एमाले प्रतिनिधिमण्डल टोली हिमालय एयरलाइन्सको कार्गो फ्लाइटमार्फत आज बिहान चीन प्रस्थान गरेको बताइएको छ ।
प्रतिनिधिमण्डल चीनको कुन्मिङमा आयोजना हुने कार्यक्रममा भाग लिएर यही चैत १४ गते स्वदेश फर्किने कार्यक्रम रहेको छ ।










प्रतिक्रिया दिनुहोस्