काठमाडौँ, ७ चैत । आज बजारमा सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य स्थिर रहेको छ ।
नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाला सुन ३ सयले बढेर प्रतितोला ९९ हजार ५ सयमा कारोबार भईरहेको छ भने तेजावी सुन तोलामा ९९ हजारमा कारोबार भएको छ ।
त्यस्तै आज चाँदीको मूल्य भने आज स्थिर रह्दै १३ सय ७५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्