विराटनगर, ७ चैत । प्रधानमन्त्री शेरबहादुर देउवाले तोकिएकै समयमा चुनाव हुने बताएका छन् ।
आज मोरङको सुन्दरहरैचामा भएको कार्यक्रमलाई सम्बोधन गर्दै उनले कुनै पनि हालतमा तोकिएकै समयमा चुनाव हुने बताएका हुन् ।
उनले भने, “निर्वाचन आयोगको काम निर्वाचन गराउने हो । सरकारको पूरा सहयोग छ । निर्वाचन सार्ने कुनै मनसाय छैन । तोकिएको समयमा चुनाव हुन्छ ।”










प्रतिक्रिया दिनुहोस्