मनोरञ्जन

अभिनेत्री करिश्मा मानन्धर एमालेमा प्रवेश



काठमाडौँ, ८ चैत । अभिनेत्री करिश्मा मानन्धर आज एमालेमा प्रवेश गरेकी छन् ।

आज एमालेमा प्रवेश गर्दै अभिनेत्री मानन्धरले आफू कुनै पदको लागी नभएर कार्यकर्ता बन्न एमालेको प्रवेश गरेको बताएकी छन् ।

आज नेकपा एमालेमा प्रवेश गरेपछि उनले आफू कुनै पदको सौदाबाजी गरेर नभई नितान्त एमालेको कार्यकर्ता बन्न आएको बताइन् ।

उनले भनिन, ‘कुनै सौदाबाजी होइन, कुनै आग्रह पनि छैन, नितान्त एमालेको कार्यकर्ता भएर हजुरहरुसँग जोडिन आएको छु ।’ आफू एमाले प्रवेश गर्दा वर्षौदेखि पार्टीमै रहेकाहरुले डराउनुनपर्ने करिश्माले बताइन् । उनले आफू नेकपा एमालेको अध्यक्ष केपी शर्मा ओलीबाट प्रभावित भएर एमालेमा आएको बताइन् ।