भक्तपुर, १२ चैत । भक्तपुरमा बसले मोटरसाइकललाई ठक्कर दिंदा एक जनाको मृत्यु भएको छ ।
प्रहरीका अनुसार भक्तपुर नगरपालिका-१ सिर्जनानगरमा राधेराधेबाट सल्लाघारी आउँदै गरेको बा४ख २००१ नम्बरको बसले सोही दिशातर्फबाट आउँदै गरेको प्रदे ३-०२-००६ प ६११४ नम्बरको मोटरसाइकललाई ठक्कर दिदा चाँगुनारायण नगरपालिका-८ सुडालका ३६ वर्षीय रमेश तिमिल्सिनाको मृत्यु भएको हो ।
दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकल चालक तिमिल्सिनाको उपचारको क्रममा शुक्रबार राति डा.इवामुरा अस्पताल सल्लाघारीमा मृत्यु भएको भक्तपुर प्रहरी परिसरले जनाएको छ । बस चालक भने फरार रहेको र खोजतलास भइरहेको प्रहरीले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्