काठमाडौँ, १२ चैत । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले प्रधानमन्त्री शेरबहादुर देउवाले अबको कति समयमा देशलाई सक्षम बनाउन सक्छन् भनेर प्रश्न गर्नुभएको छ ।
शनिबार काठमाडौँमा आयोजित कार्यकर्ता भेला तथा पार्टी प्रवेश कार्यक्रममा उहाँले नेपाली काँग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रले कति समय पाएमा देश सक्षम बनाउन सक्छन् भन्ने प्रश्नको जवाफ उनीहरुसँगै नभएको बताउनुभयो । ३१ वर्षसम्म नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रले नै सरकार चलाइरहेको भन्दै अब पनि उनीहरुलाई नै जिताएर देश बन्छ भन्नु मुर्खता भएको टिप्पणी गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘बडो आदरपूर्वक भनौं, शेरबहादुर देउवालाई अब कति पटक वा कति वर्ष थपदियो भने उहाँ देश बनाउन सक्षम हुनुहन्छ ? कोही काँग्रेसको नेता हुनुहुन्छ शेरबहादुर देउवालाई अब ५ वर्ष दिए देश बन्छ भनेर भन्न सक्नुहुन्छ ? अथवा केपी ओली, प्रचण्ड, उहाँहरुलाई कति वर्ष र कति कार्यकाल थपेपछि यो देश बन्छ ? यिनीहरुलाई जति भोट दिए पनि देश बनाउँदैनन् । यिनीहरुको दिमाग बाँझो भइसक्यो । अब त्यो उर्बरता आउनेवाला छैन । अब हामीलाई पर्खने छुट र सुविधा छैन ।’










प्रतिक्रिया दिनुहोस्