समाचार

पृथ्वी राजमार्गमा बस पल्टिँदा ३८ जना घाइते



काठमाडौँ, १२ चैत । पृथ्वी राजमार्गमा यात्रुबाहक बस अनियन्त्रित भई पल्टिँदा ३८ जना घाइते भएका छन् ।

आज चितवनको इच्छाकामना गाउँपालिका-३ स्थित पानीधारा भन्ने ठाउँमा काँकडभिट्टाबाट काठमाडौं गइरहेको बा५ख ७९४२ नम्बरको यात्रुबाहक बस अनियन्त्रित भई सडकमा पल्टिदा बसमा सवारमध्ये ३८ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर छ । सामान्य घाइते २५ जनाको फिस्लिङस्थित पोलिक्लिनिकमा उपचार भइरहेको छ । ६ जनाको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ । यहाँ उपचाररतमध्ये एक जनाको अवस्था गम्भीर छ ।

पाँच जनालाई उपचारका लागि बिएण्डबी अस्पताल लगिएकोमा दुई जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । बस सडकमै पल्टिएपछि अवरुद्ध भएको पृथ्वी राजमार्ग अहिले सुचारू भएको छ।