समाचार

११ लाख रुपैयाँसहित एक जना पक्राउ



सिरहा, १३ चैत । सिरहाबाट ११ लाख बढी रकमसहित एक पुरुषलाई सशस्त्र प्रहरीले पक्राउ गरेको छ ।

सशस्त्र प्रहरीले लहान नगरपालिका १ मटियर्वाबाट सिरहा भगवानपुर गाउँपालिका ४ निवासी ४४ वर्षीय दिलीपकुमार साहलाई ११ लाख २ हजार ९ सय पचास रुपैयाँसहित पक्राउ गरेको हो ।

पक्राउ परेका साहलाई रकमसहित आवश्यक अनुसन्धानका लागि जिल्ला भन्सार कार्यालय माडरमा बुझाएको छ ।