समाचार

८ जना जुवाडे पक्राउ



बागलुङ, १३ चैत । बागलुङ नगरपालिका–३ मुलपानीबाट प्रहरीले ८ जना जुवाडेहरुलाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय बागलुङका अनुसार स्थानीय  प्रकाश रेग्मीको घरमा जुवा खेलिरहेको अवस्थामा सो नगरपालिकाको वडा नम्बर–३ बस्ने दिवसराज पन्त सहित ८ जनालाई पक्राउ गरिएको छ  । प्रहरी कार्यालय बागलुङबाट खटिएको प्रहरीले जुवा खालबाट २ लाख १ हजार बरामद गरेको छ ।

पक्राउ परेका उनीहरुमाथि थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।