समाचार

किशोरीलाई बलात्कार गरेको आरोपमा एक युवक पक्राउ



भक्तपुर, १३ चैत । भक्तपुर नगरपालिका–६ स्थित डेकोचाबाट बलात्कार आरोपमा एकजना युवकलाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीका अनुसार १५ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा शनिबार राति धादिङको ज्वालामुखी गाउँपालिका–४ मैदी घर भएका २२ वर्षीय राज परियारलाई पक्राउ गरेको ।

१५ वर्षीया किशोरी र राजु गाउँबाट काठमाडौँमा आएर लिभिङ टुगेदर बस्न थालेका थिए । उमेर नपुगेका कारण विवाह गर्नेबारे असमझदारी भएपछि किशोरीका परिवारले उनीविरुद्ध बलात्कारको उजुरी दिएका हुन् ।