Banner News

भ्युटावरले आम्दानीको श्रोत र रोजगारीको अवसर सिर्जना गरेको छ : अध्यक्ष ओली



काठमाडौँ, १५ चैत । पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले भ्युटावरले आम्दानीको श्रोत र रोजगारीको अवसर सिर्जना गरेको बताएका छन् ।

आज रुपन्देहीको तिलोत्तमा–२ शंकरनगर वनवाटिकामा निर्माण गरिएको भ्यु टावरको उद्घाटन गर्दै अध्यक्ष ओलीले एमाले पहिलो पटक सरकार २०५१ म पुगेपछि आफ्नो गाँउ आफै बनाउनु भन्ने अभियान सार्थक दिनको लागि ३ वर्षका अवधिमा आफूले धेरै काम गरेको दावी गरे ।

उनले भूमिहीन सुकुम्बासीहरूको काम अगाडि बढाए पनि नयाँ सरकारले आयोगलाई बन्चरो चलाएको आरोप लगाए । उनले भने, ‘हामीले सुकुम्बासी समस्या समाधान गर्न आयोग बनायौं । धनीपुर्जा बाँड्ने बेला भएपछि आयोग भंग गरे । गरिबहरुलाई पुर्जा बाँड्ने आयोगमाथि गठबन्धन सरकारले पहिले बन्चरो चलायो ।’ उनले आफ्नो सरकार नबनेको भए भ्युटावरको सोच समेत नआउने दाबी गर्दै यसरी यो भ्युटावर राख्ने यहाँ लिफ्ट राख्ने सोच साधारणतया नआउने बताए ।