अछाम, १७ चैत । जिल्लाको पञ्चदेवल विनायक नगरपालिका–५, ल्याटीमा ट्याक्टर पल्टिएर च्यापिँदा चालकको मृत्यु भएको छ ।
प्रहरीका अनुसार गएराति पञ्चदेवल विनायकबाट खाद्यान्न लिएर ल्याटीतर्फ जाँदै गरेको भे१त ८९३४ नम्बरको ट्याक्टर पल्टिदा स्थानीय अन्दाजी २४ वर्षीय भूपेन्द्र शाहीको मृत्यु भएको हो ।
ट्याक्टरले च्यापिएका शाहीलाई जेसीबीको मद्दतले उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल मंगलसेन पठाइएकोमा उपचारकै क्रममा उनको गएराति साढे १२ बजे मृत्यु भएको हो ।
उक्त घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्