Banner News

मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक (सूचीसहित)



काठमाडौँ, १८ चैत । मन्त्रिपरिषद्को बैठकको निर्णय सार्वजनिक भएको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकको निर्णय सरकारका प्रवक्ता तथा सूचना तथा सञ्चार प्रविधिमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले आज सार्वजनिक गरेका हुन  ।

 सार्वजनिक निर्णयहरु:

सरकारले आयोजनाको बहुवर्षीय ठेक्कासम्बन्धी दोस्रो संशोधन मापदण्ड–२०७८ स्वीकृत गर्ने निर्णय गरेको छ ।

बैठकले अरुण ३ जलविद्युत परियोजनाका लागि चाहिने जग्गाको छुट मुआब्जा वितरण गर्ने निर्णय गरेको छ।

विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषको संयुक्त वसन्तकालीन बैठकमा नेपालका सहभागिताका लागि अर्थमन्त्रीको नेतृत्वमा प्रतिनिधिमण्डल गठन गर्ने निर्णय बैठक गरेको छ ।

नेपाल–कम्बोडिया प्रथम बैंक भर्चुअल माध्यमबाट गर्न स्वीकृत प्रदान गर्ने निर्णय गरेको छ ।

उत्पादनमूलक उद्योगलाई औद्योगिक प्रयोजनका लागि आवश्यक पर्ने कच्चापदार्थ सुपारी, केराउ र मरिचलाई व्यवस्थित गर्नेसम्बन्धी कार्यविधि स्वीकृत पनि बैठकले गरेको छ ।

नेपाल प्रहरीको एआईजीमा बसन्त पन्त, धीरज प्रताप सिंह र रवीन्द्र कुमार धानुकलाई बढुवा र पदस्थापन गर्ने निर्णय गरेको छ ।

भूमि आयोगको ४३ जिल्ला अध्यक्ष नियुक्त गर्ने निर्णय गरेको छ ।

न्युनतम पारिश्रमिक निर्धारण समितिको अध्यक्षमा संगीता खड्का  र गोरखापत्रको महाप्रबन्धकमा लालबहादुर ऐरीलाई नियुक्त गर्ने निर्णय मन्त्रिपरिषद् बैठकले गरेको छ ।