झापा, १९ चैत । भ्यानको ठक्करबाट झापामा एक शिक्षकको मृत्यु भएको छ ।
प्रहरीका अनुसार आज बिहान अर्जुनधारा नगरपालिका पुष्पलाल चोकनजिकै सडकमा मर्निङवाक गरिरहेका अर्जुनधारा-६ बस्ने ५३ वर्षीय कृष्णप्रसाद निरौलाको सवारीको ठक्करबाट घटनास्थलमै मृत्यु भएको छ ।
बिहान ५:१५ बजे प्र १–०१–००१ च ५१०७ नम्बरको पिकअप भ्यानले उनलाई ठक्कर दिएको थियो । निरौला दुर्गा माध्यमिक विद्यालय गरामनीका शिक्षक हुन् । उनीसँगै मर्निङ वाकमा हिँडेका बिर्तामोड-५ बस्ने ४५ वर्षका अर्जुन उप्रेती घाइते भएका छन् । उनलाई उपचारका लागि बी एन्डी सी अस्पताल लगिएको छ ।
उक्त दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्