राजनीति

तीनै तहको निर्वाचनमा गठबन्धन हुन्छ : मन्त्री कार्की



सुनसरी, २० चैत । नेपाल सरकार प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सत्तागठबन्धन दलभित्रै अब हुने सबै निर्वाचनमा चुनावी गठबन्धन हुने बताउनुभएको छ ।

सुनसरीको वराहक्षेत्र नगरपालिका–१ वडा कार्यालयको भवन उद्घाटन कार्यक्रममा उहाँले आउने स्थानीय तहको निर्वाचनसँगै प्रदेश र सङ्घको निर्वाचनमा सत्ताघटक दलभित्रै चुनावी गठबन्धन हुने स्पष्ट पार्नुभयो । देशलाई विकसित र जनतलाई समृद्ध बनाउने अभियानका साथ वर्तमान सरकारले काम गरिरहेको दाबी गर्दै मन्त्री कार्कीले नेपाललाई १० वर्षभित्रमा एसियाकै धनी राष्ट्र बनाउने सरकारले लक्ष्य लिएको बताउनुभयो ।

देशको विकास खोक्रो भाषणले नभई आर्थिक स्रोत व्यवस्थापन र योजनाले हुने भएकाले सोहीअनुसार अहिलेको सरकारले स्रोत व्यवस्थापन गर्नु पर्ने उल्लेख गर्दै उहाँले विकास निर्माणको विभिन्न योजना लिएर अगाडि बढिरहेको दाबी गर्नुभयो ।