मनोरञ्जन

मलाइका चढेको गाडी दुर्घटना



एजेन्सी, २० चैत । बलिउडकी नायिका मलाइका अरोडाको गाडी दुर्घटनामा परेको भारतीय सञ्चार माध्यमले जनाएको छ । गाडी खोपोली एक्सप्रेसवेमा दुर्घटनामा परेको बताइएको छ ।

खबरका अनुसार तीन गाडी एक–आपसमा ठोक्किएका छन् जसमध्ये एक मलाइका आरोडाको पनि थियो । दुर्घटनाका बेला नायिका गाडीभित्रै थिइन् । मलाइकालाई हल्का चोट लागेको छ । खोपोली प्रहरी स्टेशनका अनुसार नायिकालाई अपोलो अस्पताल लगिएको छ जहाँ उनको उपचार चलिरहेको छ । प्रहरीका अनुसार घटनाको अनुसन्धानपछि उनले एफआईआर दर्ता गर्नेछिन् ।