इमरान खान
कपिलवास्तु, २७ बैशाख । प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाको दिनलाई भगवान गौतम बुद्धको जन्म जयन्तीका रुपमा मनाउने गरिन्छ ।
गौतम बुद्धको जन्म भएको, बुद्धत्व प्राप्त गरेको र महापरिनिर्वाण प्राप्त गरेको दिनलाई त्रिसंयोग दिवसका रुपमा समेत मनाउने गरिन्छ ।
इसापूर्व ५६३ अर्थात आजभन्दा २५५९ वर्ष पहिले वैशाख शुक्ल पूर्णिमाका दिन हालको नेपालको लुम्बिनी भगवान गौतम बुद्धको जन्म भएको थियो ।
कपिलवास्तुका राजा शुद्धोधन र रानी मायादेवीको सुपुत्रका रुपमा रानी वन क्रीडा गर्दै गरेका अवस्थामा लुम्बिनी उद्यानमा गौतमबुद्धको जन्म भएको बौद्ध ग्रन्थ ललितविस्तर सूत्रमा व्याख्या गरिएको छ ।
राजा शुद्धोधनको दरबारमा राजकुमार भएर रहेका सिद्धार्थले मानिसले पाएका विभिन्न दुःख देखेर त्यसबाट मानव जातिलाई छुटकारा दिने उद्देश्यले २९ वर्षको उमेरमा तिलौराकोट दरबारको सुख छोडी तपस्या गर्न निस्केका थिए ।
ईसा पूर्व ५२८ को वैशाख शुक्ल पूर्णिमाकै दिन उहाले बुद्धगयास्थित बोधिवृक्ष (पीपलको रुख) मुनि बुद्धत्व प्राप्त गरे । बुद्धत्व प्राप्त गरेपछि नै सिद्धार्थ गौतमलाई गौतम बुद्ध भन्न थालियो । चार आर्य सत्य बुझ्ने व्यक्तिलाई नै बुद्ध भनिन्छ । बुद्धजयन्तीको दिन सरकारले सार्वजनिक विदा समेत दिने गर्दछ ।
गौतम बुद्धले शान्ति, अहिंसा, मैत्री र करुणाको शिक्षा दिएका छन जुन आधुनिक समाजमा अझ सान्दर्भिक बन्दै गएको छ । तर जनमेको ठाउँ लुम्बिनी लाई खासगरी हेर्ने गर्दछन । गौतम बुद्धको जन्मलुम्बिनीमा भएको हो तर उनको राजधानी भनेको कपिलवास्तु हो ।
भगवान गौतम बुद्धले २९ बर्ष यस कपिलवस्तुको तिलौराकोटमा बिताएका र यस कपिलवास्तु जिल्ला राजा शुद्धोधन र रानी मायादेवी को राजधानी भएको र महत्वपुर्ण सात पुरातात्विक स्थलहरु यस जिल्लामा रहेकालेयसमा सरकार र सम्बन्धित निकायको कुनै पनि चासो नभएको स्थानियहरु गुनासो रहेको छ ।
प्रतिक्रिया दिनुहोस्