समाचार

ग्यास सिलिण्डर विस्फोट हुँदा तीन बालबालिकाको मृत्यु



सिन्धुपाल्चोक, २१ चैत । सिन्धुपाल्चोकमा खाना पकाउने ग्यासको सिलिन्डर विस्फोट हुदा तीन बालबालिकाको मृत्यु भएको छ ।

प्रहरीका अनुसार बाह्रबिसे नगरपालिका वडा नम्बर ८ मानेश्वाराको लामा टोलमा ग्यास विस्फोट भएर आगलागी हुँदा जलेर तीन बालबालिकाको मृत्यु भएको हो ।

मिनबहादुर तामाङको घरमा खाना पकाउने क्रममा हिजो बेलुकी ७ बजे ग्यास विस्फोट भएको हो । घरमा आगलागी हुँदा उनका छोरा १० वर्षका इशाक, कुमार तामाङका छ वर्षको छोरा सरगम तामाङ र छिमेकी पदम तामाङको साढे दुई वर्षकी छोरी दिव्या तामाङको जलेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

घाइते भएका मीनबहादुरको उपचार भइरहेको छ ।