काठमाडौँ, ३० चैत । भारतको हरियाणा हिसारमा आगलागीमा परेर एक जना नेपाली बालकको मृत्यु भएको छ । हिजो हिसारमा रहेको राम चाट भण्डारमा आगो लाग्दा अर्घाखाँचीका छत्रदेव गाउँपालिका– ३ का १४ वर्षीय भीमबहादुर कुमालको मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
उनी तीन महिना अघि मात्रै बुवालाई भेट्न भारत गएका थिए । त्यसपछि उनले भारतमै काम गर्न थालेका भीमबहादुरको बुवालाई उदृत गर्दै भारतीय सञ्चारमाध्यमले लेखेका छन् । भीमका बुवा हुबबहादुरले गाउँका अन्य पाँच जना पनि राम चाट भण्डारमा नै काम गर्ने बताइएको छ । आगो लागेपछि उनीहरुले भागेर ज्यान जोगाएका तर भीमबहादुर सुतेकाले उनको ज्यान गएको खबरमा उल्लेख गरिएको छ ।
प्रहरीले भीमको पोस्टमार्टम गरी शव बुझाएको बताएको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् । छत्रदेव गाउँपालिका– ३ का वडा अध्यक्ष चेतप्रसाद खनालले भारतमा बालकको ज्यान गएको पुष्टि भएको बताएका छन ।










प्रतिक्रिया दिनुहोस्