राजनीति

आजदेखि संस्थागत श्रम स्वीकृतिकाे काम अनलाइनबाटै



काठमाडौँ, २ बैशाख । बैदेशिक रोजगार कार्यालय ताहाचलमा आजदेखि संस्थागत श्रम स्वीकृतिकाे काम अनलाइन प्रणालीबाट हुने भएको छ ।

सरकारले अब वैदेशिक रोजगारीमा जाने श्रमिकहरुको संस्थागत श्रम स्वीकृति (पूर्व श्रम स्वीकृति र अन्तिम श्रम स्वीकृति) अनलाइन प्रणाली लागू गरेको हो ।

आज श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले संस्थागत श्रम स्वीकृति अनलाइन प्रणालीको शुभारम्भ गरेका हुन । शुभारम्भ कार्यक्रममा बोल्दै मन्त्री श्रेष्ठले सरकारले अहिले वैदेशिक रोजगारीमा जाने श्रमिकहरुको हकहित भन्दा बाहेक अन्य कुनै पनि निर्णय नगर्ने बताए । उनले सरकारले संस्थागत रुपमा श्रम स्वीकृति अनलाइन प्रणाली लागू गर्दा मेनपावर कम्पनीका प्रतिनिधिहरुको रोजगारी गुमेको गुनासो आउन थालेको पनि बताए ।

मन्त्री श्रेष्ठले मेनपावरका कर्मचारीहरुलाई बेरोजगार बनाउने उद्देश्यले नभएर प्रणालीलाई सिस्टममा ल्याउँदा यस्तो अवस्था आएको बताए ।