राजनीति

संसदीय समितिद्वारा सुपारी आयात खुला गर्न निर्देशन



काठमाडौँ, ४ बैशाख । व्यवस्थापिका संसद् अन्तर्गतको उद्योग तथा वाणिज्य समितिले सुपारी आयात खुला गर्न दिन सरकारलाई निर्देशन दिने भएको छ ।

समितिले बनाएको उपसमितिको सुझाव अनुसार यस्तो निर्देशन दिन लागिएको हो । समितिकै निर्देशन अनुसार सरकारले सुपारी आयत रोक्दै आएको छ । सुपारी खुड्खा बनाउन प्रयोग गरिने कच्चा पदार्थ हो । यस्तै सुपारीको प्रयोग जन्ममृत्यु, पूजा आजालगायत धार्मिक एंव कर्म कार्यमा पनि प्रयोग गरिन्छ ।

समिति सभापति बिमल प्रसाद श्रीवास्तवले उपसमितिको अध्ययन प्रतिवेदन उद्यमी एंव साना व्यवसायीसँगको छलफलका आधारमा आयात खुल्ला गर्न दिनुपर्ने निषकर्षमा समिति पुगेको बताए । यो समाचार आजको कारोबार दैनिकमा छ ।