काठमाडौँ, ५ बैशाख । नेकपा एमालेको बरिष्ठ उपाध्यक्ष तथा पूर्वउपप्रधानमन्त्री इश्वर पोखरेलले वर्तमान पाँद दलीय गठबन्धनको आफ्नै पापको भारीले किचिच्दै गएको बताउनुभएको छ ।
पछिल्लो समय गठबन्धनभित्रका दलहरुमा भइरहेको मनमुटावलाई लक्षित गर्दै उहाँले उक्त कुरा उल्लेख गर्नुभयो । स्थानीय तहको निर्वाचनमा भागबण्डको विषयमा गठबन्धनभित्र संकट पैदा भएको छ । जसले गर्दा गठबन्धन निर्वाचनसम्म जान्छ कि जाँदैन भन्नेमा आशंका समेत बढेर गएको छ ।
देश र जनताको लागि नभई स्वार्थ र डरलाग्दो षड्यन्त्रको जगमा गठबन्धन तयारी गरिएको उल्लेख गर्दै उहाँले गठबन्धनको सरकारले कुनै पनि हालतमा निर्वाचन नगराउने खेलमा लागिरहेको दावी गर्नुभयो । जनताको जनप्रतिनिधि छान्न पाउने अधिकारलाई बञ्चित हुन नदिन समयमा नै गठबन्धन सरकारलाई खवरदारी गर्नुपर्ने औंल्याउँदै उहाँले सरकारले निर्वाचन सार्न वा टार्न अपराधिक योजनामा आफुले खडा गरेका सम्पूर्ण सेटिङ परिचालन गरिरहेको भन्दै आक्रोस जनाउनुभयो ।
उहाँले आफ्नो सामाजिक सञ्जालमा लेख्नुभएको छ, ‘स्वार्थ र डरलाग्दो षडयन्त्रको जगमा खडा गरिएको गठबन्धन शायद आफ्नै पापको भारीले किचिदैछ ! विभिन्न बहानामा निर्वाचन सके टार्नेरनभए सार्ने अन्तिम आपराधिक योजनामा आफूले खडा गरेका ‘सम्पूर्ण सेटिंग’ परिचालित गर्ने कोशिस गर्न खोजिदैछ । सावधान हुनु र सबैतिरबाट खवरदारी गर्नु जरूरी छ !!’










प्रतिक्रिया दिनुहोस्