काठमाडौँ, ६ बैशाख । सरकारले आजबाट बालबालिकालाई ‘भिटामिन ए’ र ‘जुकाको औषधि’ खुवाउँने भएको छ ।
स्वास्थय तथा जनसंख्या मन्त्रालयका अनुसार आज र भोलि दुईदिन देशव्यापी रुपमा ‘भिटामिन ए’ र ‘जुकाको औषधि’ खुवाउन लागिएको हो ।
राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम सञ्चानल हुने भएकाले ६ महिनादेखि ५९ महिना उमेरसम्मका बालबालिकालाई भिटामिन ‘ए’ तथा १२ महिनादेखि ५९ महिना उमेरसम्मका बालबालिकालाई भिटामिन ‘ए’ का साथै जुकाको औषधि खुवाइने छ ।
वितरण केन्द्रमा जाँदा कोमिड–१९ विरुद्धका सबै जनस्वास्थ्यका मापदण्डको पूर्ण पालना गर्न र गराउन पनि मन्त्रालयले अनुरोध गरेको छ ।










प्रतिक्रिया दिनुहोस्