काठमाडौँ, ८ बैशाख । नेकपा एमालेले ६ वटा महानगर पालिका र उपमहानगर पालिकाको प्रमुख र उपप्रमुखको टुंगो वैशाख १० गते लगाउने भएको छ ।
एमालेका प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले १० गते दिउँसो ३ बजे बस्ने सचिवालय बैठकले निर्णय गर्ने बताउनुभयो । उहाँका अनुसार आजको सचिवालय बैठकमा प्रदेश कमिटीले सिफारिस गरेका उमेदवारहरूको बारेमा छलफल भएको छ ।
महानगरपालिकामध्ये ललितपुमा हरिकृष्ण ब्यञ्जनकार, वीरगञ्जमा विजय सराबगी र भरतपुरमा विजय सुवेदीको नाम मेयरका लागि सर्वसम्मतरूपमा सिफारिस भइसकेको छ । सो नाममा फेरबदल नहुने उहाँले बताउनुभयो । अन्य महानगरमा भने सर्वसम्मत हुन सकेको छैन । पोखरामा १२ जनाको नाम सिफारिस भएको छ ।










प्रतिक्रिया दिनुहोस्