काठमाडौँ, ९ वैशाख । प्रेस काउन्सिल नेपालले सञ्चारकर्मी एवं मिडिया व्यवसायी ऋषि धमलालाई आचार संहिताबारे दुई घण्टा कक्षा लिन लगाएको छ ।
आज धमलाले प्रेस काउन्सिलको कार्यालयमा पुगेर २ घण्टा पत्रकार आचार संहिताबारे कक्षा लिएका छन् । उनले अगामी दिनमा पत्रकार आचारसंहिता विपरितका काम नगर्ने प्रतिबद्धता समेत जनाएको प्रेस काउन्सिल नेपालले जनाएको छ ।
धमलालाई नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष तारानाथ दाहाल, काउन्सिलका सदस्य गोपाल बुढाथोकी, प्रेस काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेत र महासंघका अध्यक्ष विपुल पोखरेलले आचारसंहिता पढाएका थिए ।










प्रतिक्रिया दिनुहोस्