राजनीति

आज घोषणा पत्र सार्वजनिक गर्दै कांग्रेस



काठमाडौँ, ११ बैशाख । नेपाली कांग्रेसले आज स्थानीय तह निर्वाचनका लागि घोषणा पत्र सार्वजनिक गर्ने भएको छ ।

पार्टी केन्द्रीय कार्यालय सानेपाबाट घोषणा पत्र सार्वजनिक गर्ने तयारी छ । महामन्त्री गगन थापा नेतृत्वमा कांग्रेसले केन्द्रमा घोषणा पत्र र स्थानीयस्तरमा प्रतिवद्धता पत्र सार्वजनिक गर्न लागेको छ ।

कांग्रेसले ०७४ मा पार्टीबाट निर्वाचित जनप्रतिनिधि, पार्टी समितिहरू, विज्ञ तथा सर्वसाधारणबाट सुझाव लिएर घोषणा पत्र तयार पारेको हो । यसपालि घोषणा पत्रमा पूरा गर्न सकिने खालका कुरा मात्रै उल्लेख गरिएको घोषणा पत्र निर्माण समितिका एक सदस्यले बताए ।

कांग्रेसले शिक्षा, स्वास्थ्य, रोजगारलगायत विषयलाई प्राथमिकता दिएको छ भने जनप्रतिनिधिले गरेका राम्रा र नराम्रा विषय पनि उठान गरेको नेताले बताए ।