काठमाडौँ, ११ बैशाख । काठमाडौंका विभिन्न स्थानबाट ८ थान स्कुटर चोरीको अभियोगमा पाँचजनालाई प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले काभ्रे धुलिखेल नगरपालिका ११ का १८ वर्षीय किशोरसहित ५ जनालाई पक्राउ गरेको हो ।
अनुसन्धान गर्ने क्रममा काठमाडौंका विभिन्न स्थानबाट चोरी गरी स्कुटर लुकाई राखेको खुलेको थियो । पक्राउ परेका उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्