काठमाडौँ, १३ बैशाख । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले स्थानीय तह निर्वाचनका लागि उमेदवारी दिएका आफ्नो पार्टीका नेता–कार्यकर्तालाई मनोनयन फिर्ता लिन आग्रह गरेको छ ।
केन्द्रीय सचिवालयका सदस्य धर्मेन्द्र बास्तोलाले एक विज्ञप्ति जारी गर्दै उमेदवारी फिर्ता लिन आग्रह गरेका हुन् । विज्ञप्तिमा निर्वाचनमा भाग नलिने, देशभक्त, जनवादी, एमसीसीविरोधी उमेदवारलाई समर्थन गर्न सकिने, पार्टीका सदस्यहरू उठ्न चाहेको अवस्थामा स्वतन्त्र हैसियतमा उठ्ने नीति भए पनि केन्द्रीय सदस्य र जिल्ला पदाधिकारी नै उमेदवार बनेको पाइएको उल्लेख छ ।










प्रतिक्रिया दिनुहोस्