राजनीति

श्रममन्त्रीसहितको टोली भोलि मलेसिया जाने



काठमाडौँ, १३ बैशाख । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ नेतृत्वको टोली मलेसिया जाने भएको छ ।

मलेसियाका मानव संशाधनमन्त्री सरवनन मुरुगनको निमन्त्रणामा मन्त्री श्रेष्ठ चार दिने मलेसिया भ्रमणमा जान लागेका हुन् । मलेसिया भ्रमणमा जानुअघि श्रममन्त्री श्रेष्ठसँग मलेसियाका कार्यवाहक राजदूत मोहम्मद फ्याजलले शिष्टाचार भेटवार्ता गरे।


सिंहदरबारस्थित मन्त्रालयमा आज भएको भेटवार्तामा उनीहरूबीच द्विपक्षीय हितका साथै सहकार्यका विषयमा छलफल भयो। भेटमा मन्त्री श्रेष्ठले भ्रमणबाट दुई देशको मित्रता र आपसी सहयोगमा टेवा पुग्ने विश्वास व्यक्त गरे ।