राजनीति

कांग्रेस दोलखाका पूर्वउपसभापति मोक्तान एमालेमा प्रवेश



दोलखा, १६ बैशाख । सत्तारुढ दल नेपाली कांग्रेस दोलखा जिल्ला कार्यसमितिका पूर्वउपसभापति छविलाल मोक्तान एमालेमा प्रवेश गर्नुभएको छ ।

पूर्वउपसभापति मोक्तान आज प्रमुख प्रतिपक्षी दल नेकपा एमालेमा प्रवेश गर्नुभएको हो । जिल्लामा महत्वपूर्ण भूमिकामा रहनुभएका मोक्तान एमालेमा प्रवेश प्रवेश गरेसँगै कांग्रेसलाई जिल्लामा ठूलो क्षेती पुगेको छ । उहाँसँगै जिल्लाका कांग्रेसका धेरै नेता तथा कार्यकर्ता एमालेमा प्रवेश गर्ने दावी गरिएको छ । एमाले प्रवेश गर्दै मोक्तानले आगामी दिनमा एमालेले लिएको समृद्ध नेपाल सुखी नेपालीको अभियानमा दृढताका साथ अगाडी बढ्ने बताउनुभयो । कांग्रेसले देश र जनताको पक्षमा नभई आफु र आफ्नो आफन्तको स्वार्थमा मात्र राजनीति गरेकाले अहिलेको अवस्थामा एमालेको विकल्प नभएको समेत उहाँले स्पष्ट पार्नुभयो ।

पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद पार्वत गुरुङले उहाँलाई एमालेमा स्वागत गर्नुभयो । मोक्तान एमालेमा प्रवेश गरेसँगै दोलखामा अवको निर्वाचनमा कांग्रेसलाई ठूलो क्षती पुग्ने उहाँले दावी गर्नुभयो ।