मनोरञ्जन

निर्वाचन आयोगको भिडियोमा टिकटक बनाउनोस्, ५० हजार जित्नोस् !



काठमाडौँ, १८ बैशाख । निर्वाचन आयोगले आसन्न स्थानीय तह निर्वाचनको सन्देशमूलक भिडियो प्रचार गर्नेसम्बन्धी प्रतियोगिता आयोजना गरेको छ ।

आयोगले एक सूचना प्रकाशित गर्दै यस्तो जानकारी गराइएको हो । प्रतियोगिताअन्तर्गत आयोगले तयार पारेका सन्देशमूलक भिडियोहरूलाई टिकटक बनाई सामाजिक सञ्जालमा पोस्ट गर्नुपर्नेछ । यस्तै, पहिलेकै स्वरूपमा पनि सामाजिक सञ्जालमा पोस्ट गर्न सकिनेछ । आयोगले तयार पारेका भिडियोहरू आयोगका सामाजिक सञ्जालमा अपलोड गरिएको छ ।