काठमाडौँ, १८ बैशाख । प्रधानमन्त्री शेरबहादुर देउवा र सभामुख अग्निप्रसाद सापकोटाबीच भेटवार्ता भएको छ ।
आज प्रधानमन्त्री देउवा र सभामुख सापकोटाबीच प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको हो । भेटमा संघीय संसद प्रतिनिधिसभाको वर्षे अधिवेशन आह्वान र आर्थिक वर्ष २०७९/८० को वार्षिक नीति तथा कार्यक्रम लगायतका विषयमा छलफल भएको सभामुख सापकोटाको सचिवालयले जनाएको छ ।
आगामी जेठ १५ गते बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्था छ ।










प्रतिक्रिया दिनुहोस्